देउवाले प्रधानमन्त्रीका लागि दावी पेस गर्दै
अखबार टुडे
प्रकाशित:
२०७८, ३० बैशाख

काठमाडौं, ३० बैशाख । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा बहुमतको सरकार निर्माणका लागि राष्ट्रपति समक्ष दाबी पेस गर्ने भएका छन् ।

सभापित देउवाले काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को समर्थनमा प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निवेदन दिन लागेको काँग्रेस नेता रमेश लेखकले बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाएपछि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दिएको समय सीमा आज ९ राति बजे सकिँदैछ । त्यसैले पनि देउवाले आजै आफ्नो नेतृत्वमा सरकार गठनको दावी पेस गर्न लागेका हुन् ।

सभापित देउवाले आन्तरिक र बाह्य परिस्थिति आफू अनुकुल बनाउन सोमबार यता आफूनिकट नेताहरुलाई छलफलका लागि परिचालन गरिरहेको गर्दै आएका छन् । यसका लागि उी आफैँले पनि प्रधानमन्त्री ओलीइत्तरका शीर्ष नेताहरुसँग छलफल गरिरहेका छन् । देउवाले माओवादी केन्द्र अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गर्दै आएका छन् ।

प्रतिक्रिया