गण्डकीमा कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि पत्र दर्ता
अखबार टुडे
प्रकाशित:
२०७८, २९ बैशाख

पोखरा । गण्डकी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनका लागि बहुमतको दावीसहित पत्र दर्ता गरिएको छ ।
नयाँ सरकार गठन गर्न दिएको समय सीमा सकिनै बुधबार लाग्दा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा)ले सरकार गठनका लागि प्रदेश प्रमुखको कार्यालयमा दर्ता गरेको हो ।
नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीको उम्मेदवार प्रस्ताव गरिएको छ । दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउने संवैधानिक प्रावधानअनुसार नयाँ सरकारको दाबी गर्दै चार दलले सरकार गठनको दाबी गरेको हो ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि तीन दनिभत्रि बहुमतको सरकार दाबी गर्न प्रदेश प्रमुख सीता पौडेलले आह्वान गरेका थिए ।

प्रतिक्रिया