जनमोर्चाले कृष्ण थापालाई संसदीय दलको नेताबाट हटायो
अखबार टुडे
प्रकाशित:
२०७८, २९ बैशाख

काठमाडौं, २९ बैशाख । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनका लागि सहमति नदिएका कृष्ण थापालाई संसदीय दलको नेताबाट हटाएको छ ।
गत वैशाख १० गते थापासहित बसेको जनमोर्चा केन्द्रीय समितिको बैठक र १२ गते दलका नेताको हैसियतमा थापाकै अध्यक्षतामा बसेको बैठकले गरेको निर्णय पालना नगरेका कारण दलको नेताबाट हटाएको जनमोर्चा महासचिव संसद मनोज भट्टले जानकारी दिएका हुन् ।
उक्त बैठकले गण्डकी प्रदेशमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग मिलेर नयाँ सरकार बनाउने निर्णय गरेको थिया े। पार्टी निर्णय र निर्देशन विपरित काम गरेको भन्दै जनमोर्चाले थापालाई बुधबार स्पष्टीकरण सोधेको पनि थियो ।
थापालाई दलको नेताबाट हटाए पनि सांसद पदबाट भने हटाएको छैन् ।

प्रतिक्रिया