कर्णालीमा नरेश र विमलाको राजीनामा, तीन मन्त्री थपिए
अखबार टुडे
प्रकाशित:
२०७८, २९ बैशाख

काठमाडौं, २९ बैशाख । लामो समयको आन्तरिक खिचातानीपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीन मन्त्री थपेका छन् ।
नवनियुक्त मन्त्रीहरूमा रुकुमपश्चिमबाट निर्वाचित गोपाल शर्मा र सुर्खेतपश्चिमबाट निर्वाचित विन्दमान विष्ट र समानुपातिक सांसद सीता नेपाली रहेको मुख्यमन्त्रीनिकट स्रोतले जानकारी दिएको छ ।
शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालय, विष्टलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मा दिइएको र सीता नेपालीलाइ पूर्वाधार विकास मन्त्रालय फुटाएर जलस्रोत मन्त्रालयको जिम्मा दिइएको छ । मन्त्रीहरुको बुधबार नै सपथ हुने स्रोतको भनाइ छ ।
हालका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी र आर्थिक मामिला तथा योजनामन्त्री विमला केसीले आज बिहान बसेको मन्त्रिपरिषदको बैठकमा राजीनामा दिएका हुन् । मुख्यमन्त्री शाहीले दुवै मन्त्रीको राजीनामा पनि स्वीकृत गरिसकेका स्रोतले जनाएको छ ।

प्रतिक्रिया