इजरायली सेनालाई प्यालेस्टाइनी विद्रोहीको जवाफ, तेल अभिभमा एक सय ३० वटा क्षेप्यास्त्र प्रहार
अखबार टुडे
प्रकाशित:
२०७८, २९ बैशाख

इजरायल, २९ बैशाख (एजेन्सी) । इजरेल तथा प्यालेस्टाइनबीच तनाव चर्कँदै गर्दा विद्रोहीहरूले इजरेली सहर तेल अभिभमा रकेट हमला गरेका छन् ।
इजरायलले हवाइ हमला गरेर गाजा क्षेत्रमा एउटा भवन ध्वस्त पारिदिएपछि त्यसको जवाफमा प्यालेस्टिनका विद्रोहीले इजरायल शहर तेल अभिभमा एक सय ३० वटा क्षेप्यास्त्र प्रहार गरेको बताएका बीबीसीले जनाएको छ ।
भवनमा बसिरहेका मानिसहरू तथा स्थानीय बासिन्दालाई त्यहाँबाट अन्यत्र जान चेतावनी दिएको डेढ घण्टापछि गाजामा रहेको १३ तले भवनमा आक्रमण भएको थियो ।
इजरायली सेनाका अनुसार विद्रोहीहरूले यसअघि गरेका रकेट हमलाको बदला स्वरूप भवनमा आक्रमण गरेका हुन् । यो क्षेत्रमा भइरहेको हिंसामा ३१ जनाको ज्यान गइसकेको छ ।
संयुक्त राष्ट्रसङ्घका मध्यपूर्व शान्ति दूतले इजरायल र प्यालेस्टीनका विद्रोहीबीच गाजामा चर्किरहेको सङ्घर्षले अवस्थालाई पूर्ण युद्धतर्फ धकेलिरहेको चेतावनी दिएका छन् ।

प्रतिक्रिया