चीनबाट आयो ४०० थान अक्सिजन सिलिन्डर
अखबार टुडे
प्रकाशित:
२०७८, २८ बैशाख

काठमाडौं, २८ बैशाख । छिमेकी मुलुक चीनले नेपाललाई दिएको स्वास्थ्य सामग्रीको पहिलो खेप मंगलबार काठमाडौं आइपुगेको छ । चीनबाट स्वास्थ्य सामग्रीहरूमा अक्सिजन सिलिन्डर र भेन्टिलेटर लगायतका सामग्री आएको हो ।
काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार मंगलबार अपरान्ह नेपाल वायु सेवाको विमानले स्वास्थ्य सामग्रीहरु काठमाडौं ल्याइपु¥याएको हो ।
चीनले उपलब्ध गराएको स्वास्थ्य सामग्रीमा १० वटा भेन्टिलेटर मेसिन, ४०० थान अक्सिजन सिलिन्डरलगायत रहेका छन् । चिनियाँ कम्पनी होङ्सी सिमेन्टका तर्फबाट नेपाललाई यी सामग्रीहरु अनुदान दिइएको दूतावासले जनाएको छ ।

प्रतिक्रिया