दमक प्रहरीलाई मास्क र सेनीटाइजर प्रदान
अखबार टुडे
प्रकाशित:
२०७८, २८ बैशाख
  • दिपेश राजथारु

दमक, २८ बैशाख । पछिल्लो समय देशभरि कोरोनाको संक्रमणको नयाँ भेरियन्ट दिनदिनै बढिरहेको अवस्थामा प्रदेश–१ को दमकमा पनि संक्रमण बढिरहेको छ ।

यसैक्रममा अग्रभागमा खटिरहेका सरक्षाकर्मी दमकका प्रहरीलाई युवा ब्यवसायीले मास्क र सेनिटाइजर प्रदान गरेको छ । अलो इञ्जिनियरिङ्ग इन्टनेशनलका अध्यक्ष प्रकाश आङ्गबुहाङ लिम्बु, ब्याबसायी तान्छो आङदेम्बे, धिरेन आङ्गबुहाङ लिम्बु र रन्जन राईले मंगलबार दमक प्रहरी कार्यालयका प्रमुख नवराज कार्की र प्रहरी निरीक्षक अनिल माबोहाङलाई मास्क ११ सय थान, सेनीटाइजर ७९ थान र पन्जा १ सय थान हस्तान्तरण गरेका छन् ।

अलो इञ्जिनियरिङ्गका अध्यक्ष प्रकाश आङ्गबुहाङ लिम्बुले मास्क, सेनीटाइजर र पन्जा हस्तान्तरण गरेपछि अग्रभागमा खटिरहेका सरक्षाकर्मीलाई स्वास्थ्य सुरक्षाका सानो सहयोग गरेको बताए । उनले फेरि पनि संकटको अवस्थामा प्रहरी र अग्रभागमा खट्न स्वास्थ्यकर्मीहरुलाई सहयोग गर्ने बताए ।

सो अवसरमा दमक इलाका प्रहरी कार्यालयका प्रमुख नवराज कार्कीले मास्क, सेनिटाइजर र पन्जा सहयोग गरेका युवा व्यवसायीलाई धन्यबाद दिएका थिए ।

प्रतिक्रिया