भारतको गंगा नदीमा भेटिए, एकैपटक ठूलो सङ्ख्यामा शव
अखबार टुडे
प्रकाशित:
२०७८, २८ बैशाख

भारत, २८ बैशाख (एजेन्सी) । भारतको गङ्गा नदीमा एकैपटक ठूलो सङ्ख्यामा शव भेटिएको छ ।
भेटिएका उत्त शवहरु कम्तीमा एक सय जना रहेको र ती शव कोरोना सङ्क्रमणबाट ज्यान गुमाएकाहरुको हुन सक्ने अनुमान गरिएको छ ।
उत्तर प्रदेश सरकारले भने ४० जनाको शव भेटिएको र तीनीहरुले के कारणले ज्यान गुमाएका हुन् भन्ने अनुसन्धान भइरहेको बताएको बीबीसीले जनाएको छ ।
स्थानीयबासिन्दाले नदीमा अझै पनि शव देखिएको बताएका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भारतमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका आफन्तको शवको अन्तिम संस्कार गर्न समस्या भोग्नुपरेको खबरहरु यसअघि नै आएका थिए ।
कतिपय शव अन्तिम संस्कारमा भएको समस्याले नदीमा बगाइएको हुन सक्ने र केही नदी किनारमा शव जलाउने क्रममा नजलिकन बगाइएको हुन सक्ने स्थानीयबासीन्दाले बताएका छन् ।

प्रतिक्रिया