प्यालेस्टाइन विरुद्ध इजरायलको रकेट प्रहार : कम्तीमा २० जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, २८ बैशाख

जेरुसलम, २८ बैशाख (एजेन्सी) । इजरायलले प्यालेस्टाइन विरुद्ध गरेको रकेट प्रहारबाट कम्तीमा २० जनाको ज्यान गएको छ ।

आक्रमणबाट महिला, बालबालिका सहित कम्तीमा २० जनाको ज्यान गएको प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गाजाको जेरुसलममा भएको आतङ्कवादी लक्षित आक्रमण भएको इजरायली अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । इजरायल र प्यालेस्टाइनबीच पछिल्लो समयमा तनाव बढिरहेको छ ।

हिजो जेरुसलममा इजरायली प्रहरीसँगको झडपमा कैयौँ प्यालेस्टाइनी घाइते भएपछि गाजाका हमास शासकहरुले हड्ताल गर्ने चेतावनी दिएका थिए । लगत्तै इजरायली सेनाले आक्रमण गरेको हो ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टाइनले सीमा पार गरेकोले आफूहरुले जवाफ दिने बताएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया