पछिल्लो २४ घण्टामा १३९ जनाको मृत्यु, ९२७१ जनाका कोरोना पुष्टि
अखबार टुडे
प्रकाशित:
२०७८, २७ बैशाख

काठमाडौं, २७ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३९ जनाले ज्यान गुमाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अविधिमा थप ९२७१ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि आइतबार ८८५० जनामा संक्रमण पुष्टि भएको थियो भने ८८ जनाको मृत्यु भएको थियो ।
पीसीआर विधिबाट १७ हजार ६२३ र एन्टिजेन विधिबाट ७८८ जनाको परीक्षण गर्दा जम्मा ९ हजार २७१ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख नाघेको छ ।
सोमबारसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ४ लाख ३ हजार ७९४ जना पुगेको छ भने निको हुनेको संख्या ३ लाख ६ हजार ७९४ पुगेको छ। पछिल्लो २४ घण्टामा ४ हजार ७ जना निको भएका छन् भने मृतकको कुल संख्या ३ हजार ८५९ पुगेको छ । यस्तै हाल देशभर सक्रिय संक्रमित संख्या ९३ हजार १४१ पुगेको छ

प्रतिक्रिया