नेपाल खबर

‘कसैले रोजगारीका लागि बाहिर जानुपर्दैन भन्ने युक्ति कहाँ गए ?’ (देउवाको सम्बोधनको पूर्णपाठ)

काठमाडौं, २७ बैशाख । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीले पुरानो बाचा भुल्दै देशका भ्रष्टाचार मौलाएको आरोप लगाएका छन् । उनले आम जनताले सरकारको अनुभूति समेत गर्न नसकेको बताए ।

संसदलाई सोमबार सम्बोधन गर्दै सभापति देउवाले भने, ‘म प्रधानमन्त्रीलाई सोध्न चाहन्छु, तपाईँले चुनावमा गरेका बाचा र पछि पटक पटक गरेका भाषण सम्झना छ, रेल, पानी जहाज, घरघरमा ग्यासको पाइप, कोही भोकै बस्नुपर्दैन कोही भोकले मर्दैनन्, सडक बालक हुनेछैनन्, कसैले रोजगारीका लागि बाहिर जानुपर्दैन भन्ने युक्ति कहाँ गए ?’

उनले प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावको विपक्षमा पार्टीले मतदान गर्ने जानकारी गराए । ‘प्रतिनिधिसभामा उपस्थित सबै राजनीतिक दल र माननीयहरूलाई प्रमुख प्रतिपक्षी दलका नेताका हैसियतले प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न पनि आह्वान गर्दछु’ उनले भने ।

लिखित मन्तव्यमा उनले ओलीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष राखेको प्रस्ताव पारित नहुने भएको हुँदा नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम अर्को सरकार गठनका लागि प्रक्रिया अगाडि बढाउन समेत आह्वान गरे ।

ओलीलाई विश्वासको मत लिनुपर्ने अवस्था कसरी आयो भन्ने भन्दै प्रश्न गर्दै उनले यो अवस्था ओलीले नै सिर्जना गरेको राजनीतिक दम्भ, कुशासन र भ्रष्टाचारकै कारण आएको जिकिर गरे ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top