उपत्यकामा १५ दिन निषेधाज्ञा थप्न सिफारिश
अखबार टुडे
प्रकाशित:
२०७८, २७ बैशाख

काठमाडौं, २७ बैशाख । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले काठमाडौंले उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिश गरेको छ । काठमाडौंका मेयरहरुसँग सोमबार भएको छलफलपछि थप १५ दिन निषेधाज्ञा आदेश थप गर्न सिफारिश भएको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार यसलाई सीसीएमसीमा पठाएर निर्णय हुनेछ । यसका लागि भोलि मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्नेछ ।
उपत्यकामा १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । पछिल्लो पटक थप भएको अवधि २९ गते सकिँदैछ ।

प्रतिक्रिया