संसद बैठक जारी : प्रधानमन्त्रीले भने,‘म माथि हिलो छ्याप्ने काम भयो’
अखबार टुडे
प्रकाशित:
२०७८, २७ बैशाख

काठमाडौं, २७ बैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोपका विषयमा आफूमाथि हिलो छ्याप्ने काम भएको भन्दै असन्तुष्टि जनाएका छन् । यदि कसैले भ्रष्टाचार गरेको भए अक्षम्य हुने र छानविन गरेर कारबाही गर्ने उनले बताए ।
अहिले जारी संसद बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गर्दैछन् । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारको ध्यान महामारी नियन्त्रणमा केन्द्रित रहेको बताए ।
उनले कतिपय कर्नरमा प्रधानमन्त्रीमाथि हिलो छ्याप्ने र कोभिडविरुद्धको औषधिमा भएको भ्रष्टाचारको नाममा कुरा उछाल्ने र नभएका कनेक्सन अनुचित ढंगले देखाउने क्रियाकलाप भएको आरोप लगाए ।
याक्सिन अभाव भएपनि सरकारले दक्षिण एसियामा भारतपछि बढी खोप ल्याउन सफल भएको उनले बताए । पीसीआर टेष्ट, आईसीयू भेन्टिलेटर व्यवस्था गरेको भन्दै प्रधानमन्त्री ओलीले कोभिड महामारीमा जनताको जीवन रक्षा पहिलो सर्त भएको बताए ।

प्रतिक्रिया