माधव पक्षको निष्कर्ष : ओली नेतृत्व सरकार बहिर्गमनको विकल्प छैन’
अखबार टुडे
प्रकाशित:
२०७८, २७ बैशाख

काठमाडौं, २७ बैशाख । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले केपी ओली नेतृत्वको सरकार बहिर्गमनको विकल्प नभएको निष्कर्ष निकालेको छ । सोमबार सिंहदबारमा बसेको बैठकले ओली सरकार ढाल्न गठबन्धनमा आफूहरुको साथ रहने नेपाल समूहले निर्णय गरेको हो ।
माधव नेपाल पक्षको एमालेका सांसदहरुको बैठकले काँग्रेस–माओवादी र जसपाबीच बन्ने गठबन्धनमा आफूहरुको साथ रहने निष्कर्ष निकालिएको सांसद मेटमणि चौधरीले जानकारी दिए । उनले ओली सरकारको बहिर्गमन हुनुपर्छ भनेरै काँग्रेस, माओवादी र जसपाबीचको गठबन्धनलाई साथ दिने बताए ।
आजको बैठकले ओलीलाई विश्वासको मत दिन संसद बैठकमा नजाने र राजीनामा पनि तत्काल नदिने निर्णय भएको चौधरीको भनाइ छ । बैठकमा नेपाल पक्षका भनिएका ३५ सांसदमध्ये २५ जनाको सहभागिता रहेको थियो भने ३ सांसद निर्णय प्रक्रियामा असन्तुष्टि जनाउँदै बीचमै बैठकबाट बाहिरिएका थिए ।

प्रतिक्रिया