नेपाल खबर

एसईई र कक्षा १२ को बोर्ड परीक्षा स्थगित

काठमाडौं, २७ बैशाख । कोरोनाभाइरस (कोभिड–१९)को महामारीका कारण यस वर्षको एसईई र कक्षा १२ को बोर्ड परीक्षा स्थगित हुने भएको छ ।
सोमबार विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले संक्रमण न्युनिकरणका लागि लागु गरिएको निषेधाज्ञाका कारण दुवै तहका परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।
एसईई जेठ १३ गतेदेखि र १२ कक्षाको परीक्षा जेठ २६ देखि शुरु गर्ने मिति तय भएको थियो ।

अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए । ‘सरकारले पनि परीक्षा नचलाउ भनेको छ, कोभिड पनि बढेको बढ्यैछ, नियन्त्रणमा छैन, परीक्षा सञ्चालन गर्न सक्ने अवस्था रहने, तत्कालका लागि स्थगित गरियो, परीक्षा हुने समय पुनः अर्को सूचना निकाल्छौं,’ उनले भने ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top