बाल्टिमोरमा अन्धाधुन्द गोली चल्दा एक नेपालीको मृत्यु, एक घाइते
अखबार टुडे
प्रकाशित:
२०७८, २७ बैशाख

डिसी, २७ वैशाख। मेरिल्याण्ड राज्यको बाल्टिमोरमा एक व्यत्तिले अन्धाधुन्द गोली चलाउँदा एक नेपालिसहीत कम्तीमा चार जनाको जयान गएको छ ।
स्थानीय समय अनुसार शनिबार बिहान साढे ६ बजे बाल्टिमोरको भएको गोलीकाण्डमा संखुवासभा खादवारी न.पा. ६, तल्लो पांठा निवासी अन्दाजि २५ वर्षीय सागर घिमिरेको ज्यान गएको हो ।
उक्त गोलीकाण्डमा ज्यान गुमाउनेमा घिमिरे सहित दुई स्पेनी नागरिक छन् भने एकको प्रहरीले पहिचान खुलाएको छैन ।
अध्ययनको सिलसिलामा अमेरिका आएका घिमिरे साउथ क्यारोलाइनाबाट स्नातक तहको दीक्षान्त सकेर एक साता अघि मात्रै बाल्टिमोर आएका थिए । घिमिरे छात्रवृतिमा अध्ययन गर्न अमेरिका आएका थिए ।
बन्दुकधारीबाट अर्का नेपाली श्याम अधिकारीलाई पनि गोली लागेका थिए । संयोगवस अधिकारी बाँचेका थिए भने उनको अस्पतालमा उपचार भै रहेको छ ।
बाल्टिमोर काउन्टी प्रहरीले आक्रमण गर्ने व्यक्ति ५६ वर्षीय एभर्टन ब्राउन भएको र उक्त व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा गोली लागि मृत्यु भएको बताइएको छ ।
मानसिक रोगी रहेको उक्त आक्रमणकारीले ग्यास खोलेर आफ्नै घरमा समेत आगो लगाएपछि अन्धाधुन्ध गोली प्रहार गरेको बताइएको छ । आगलागीका कारण छिमेकमा रहेका अन्य दुई घरमा पनि सामान्य क्षति भएको बताइएको छ ।
उक्त घटनाको नेपाली दूतावासले खेद प्रकट गरेको छ । अस्पतालमा उपचाररत अधिकारीलाई भेट्न महवाणिज्य दूत प्रेमराजा महत अस्पताल पुगिसकेका छन् भने राजदूत डा. युवराज खतिवडाले पनि यस घटनामा विशेष चासो देखाएको प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष प्रभु थापाले जानकारी दिए ।

प्रतिक्रिया