२०७५ जेठ २ को अवस्थामा फर्कन ओलीलाई माधव पक्षको अल्टिमेटम, के त्यो अवस्थामा फर्किला एमाले ?
अखबार टुडे
प्रकाशित:
२०७८, २६ बैशाख

काठमाडौं, २६ बैशाख । नेकपा एमाले माधव नेपाल र झलनाथ खनाल पक्षले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्कन अन्तिम मौका दिएको छ । आइतबार सिंहदरबारमा बसेको नेपाल पक्षको बैठकले यस्तो निर्णय गरेको हो ।

सर्वोच्च अदालतको फागुन २३ को फैसला अनुसार एमाले स्वत २०७५ जेठ २ को अवस्थामा फर्किएको छ । यो अवस्थामा पार्टीको जीवन, संगठन, नेतृत्व र विचार पूर्ववत अवस्थामा फर्कनुपर्ने नेपाल पक्षको माग छ ।

‘हामीले त्यहाँ फर्कन अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण, गराएका छौँ र सहमतिका आधारमा पार्टी सञ्चालनको प्रतिवद्धता खोजेका छाँै त्यसका लागि भोलि विहान नौ बजेसम्मको समय दिएका छौ’ बैठकपछि नेता योगेश भट्टराइले भने ।

ओलीले सोमबार विहान नौ बजेसम्म पनि आफ्ना माग सम्बोधन नगरे भोली नै बैठक बसेर जस्तोसुकै निर्णय गर्न बाध्य हुने उनको भनाइ छ । अध्यक्ष ओलीले जेठ २ मा फर्कने प्रतिवद्धता जनाए आफुहरु सोमबारको संसद बैठकमा सहभागी हुने बताए ।

प्रतिक्रिया