प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन एमालेको ह्वीप
अखबार टुडे
प्रकाशित:
२०७८, २६ बैशाख

काठमाडौं, २६ बैशाख । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने प्रस्तावको पक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आइतबार यस्तो ह्वीप जारी गरेका हुन् । प्रधानमन्त्री ओलीले सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८ र नेकपा एमाले संसदीय दलको विधान, २०७७ को धारा २४ बमोजिम ह्वीप जारी गरेको उनले जनाएका छन् ।

कोभिड महामारीका कारण संसदीय दलको बैठक बस्न नसकिरहेका बेला प्रधानमन्त्री एवं संसदीय दलका नेता ओलीको निर्देशनअनुसार ह्वीप जारी गरिएको भट्टराईले जनाएका छन् ।

प्रतिक्रिया