गण्डकीका मुख्यमन्त्री गुरुङले दिए राजीनामा, प्रदेश प्रमुखद्वारा स्वीकृत
अखबार टुडे
प्रकाशित:
२०७८, २६ बैशाख

काठमाडौं, २६ बैशाख। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् ।
प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनु अघिल्लो दिन मुख्यमन्त्री गुरुङले राजीनामा दिएको हो ।
गुरुङले प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष आइतबार राजीनामा बुझाएका हुन् ।
यसैबिच उनको राजीनामा प्रदेश प्रमुख पौडेलले स्वीकृत समेत गरेको एमाले प्रमुख सचेतक मायानाथ अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया