बालुवाटारमा संवैधानिक पषिदको बैठक : विभिन्न संवैधानिक निकायमा नियुक्तिको तयारी
अखबार टुडे
प्रकाशित:
२०७८, २६ बैशाख

काठमाडौं, २५ बैशाख । संवैधानिक पषिदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी । चौतर्फी आलोचनाबचि बसेको बैठकमा संवैधानिक निकायहरुमा रिक्त पदाधिकारी नियुक्तिको बिषयमा छलफल भइरहेको बताइएको छ ।
प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा जारी बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना सहभागी छन् । प्रधानमन्त्री ओलीले यसअघि नै बहुमत सदस्यको उपस्थितिमा बैठक बस्न र निर्णय गर्न सक्ने अध्यादेश जारी गरी आफू अनुकूल बनाएका छन् ।

विपक्षी दलका नेता शेरवहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा भने बैठकमा सहभागी छैनन् । देउवा र प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई पनि बैठकमा सहभागी नहुन आग्रह गरेका थिए ।

प्रतिक्रिया