बेलायतको ‘रेड जोन’मा नेपाल
अखबार टुडे
प्रकाशित:
२०७८, २५ बैशाख

काठमाडौं, २५ बैशाख । बेलायतले कोभिड–१९ को नयाँ भेरिएन्ट फैलिएको भन्दै नेपाललाई ‘रेड जोन’मा राख्ने घोषणा गरेको छ । यससँगै हवाइ यात्रा प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

बेलायतका यातायात मन्त्रालयका सचिव ग्रान्ट सेपले शुक्रबार लन्डनमा आयोजित पत्रकार सम्मेलनमा नेपालसहित, टर्की र माल्दिभ्सलाई ‘रेड जोन’मा राख्ने घोषणा गरेको बिबिसीले जनाएको छ ।
विदेशी यात्राका लागि बेलायतले ल्याएको यो नयाँ नियम आगामी मे १७ तारिखदेखि सुरु हुने बताइएको छ । यात्रा प्रतिबन्ध बेलायती नागरिकबाहेक अन्य मुलुकका नागरिकमा लागू हुने जनाइएको छ । रेड जोनमा राखिएका मुलुकबाट आउने आइरिस र बेलायती नागरिकले भने सरकारले तोकेका क्वारेन्टिनमा १० दिन अनिवार्य बस्नुपर्ने भएको छ ।

प्रतिक्रिया