भारतको आन्ध्र प्रदेशमा खानी दुर्घटना परि १० जना मजदूरको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, २५ बैशाख

नयाँ दिल्ली, २५ बैशाख (एजेन्सी) । भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा शनिबार एउटा खानीमा डेटोनेटर पड्काउँदा भएको विस्फोटमा परि कम्तीमा १० जना मजदूरको ज्यान गएको छ ।
अधिकारीहरुका अनुसार आन्ध्र प्रदेशको मुख्य शहर अमरावतीबाट करिब २८१ किलोमिटर दक्षिणपश्चिमको मामिलापाल्ले गाउँमा रहेको चुन खानीमा उक्त विस्फोट भएको थियो ।
खानी भित्र त्रुटिबस एउटा डेटोनेटर पड्काउँदा विस्फोट भएको र त्यहाँ कार्यरत मजदूूरका शरीर क्षतविक्षत भएर हावामै उडको प्रत्यक्षदर्शीले बताएका छन् ।
उक्त दुर्घटनामा अझै दश जना हराइरहेको बताइएको छ भने मृतक पाँच जनाको पहिचान खुलेको छ ।
दुर्घटना लगत्तै प्रहरी र स्थानीय बासीहरु खानीका मजदूरको खोज तथा उद्धारका लागि परिचालन भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया