कांग्रेसद्वारा संवैधानिक परिषद्को बैठक बहिस्कारको घोषणा
अखबार टुडे
प्रकाशित:
२०७८, २५ बैशाख

काठडमाडौं, २५ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संवैधानिक परिषद्को बैठक बहिस्कार गरेको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाले शनिबार विज्ञप्ति जारी गर्दै सरकारले संविधानको मूल मर्ममा प्रहार गरि संवैधानिक संरचनालाई भत्काउने गरी अध्यादेश ल्याएको भन्दै प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले बैठकमा आफू सहभागी नहुने घोषणा गरेको हो ।

साथै, परिषद्का सबै सदस्यहरुलाई समेत बैठकमा सहभागी नहुन कांग्रेसले आग्रह गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस संविधानको मुल मर्ममा प्रहार गरि संवैधानिक संरचनालाई नै भत्काउने गरी अध्यादेश जारी गरेको अवस्थामा संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने स्पष्ट गर्न चाहन्छ ।’

विज्ञप्तिमा भनिएको छ, संवैधानिक परिषद्सम्वन्धि ऐनमा अध्यादेशमार्फत संशोधन गर्ने सरकारको संविधानको भावनाविपरित, संसदीय मुल्यमान्यता प्रतिकुल र लोकतान्त्रिक अभ्यासमा समेत प्रहार हुने काम भएकाले बैठकमा भाग नलिन परिषद्का अन्य सबै सदस्यहरुलाई समेत आव्हान गर्दछु ।’ प्रधानमन्त्री ओलीले आजै परिषद्को बैठक बोलाएका छन् ।

प्रतिक्रिया