चिनको एक कम्पनीले उत्पादन गरेको कोरोनाविरुद्धको खोपलाई डब्ल्यूएचओको मान्यता
अखबार टुडे
प्रकाशित:
२०७८, २५ बैशाख

चिन, २५ बैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले चिनियाँ कम्पनी सिनोफर्मले उत्पादन गरेको कोरोना खोपको आपत्‌कालीन प्रयोगलाई अनुमति दिएको छ ।
यसअघि डब्ल्यूएचओले फाइजर, एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन र मोडर्नाको खोपलाई अनुमति दिएको थियो ।
डब्ल्यूएचओबाट अनुमति पाउनु अघि नै अफ्रिका, ल्याटिन अमेरिका तथा एसियाका केही देशले चिनियाँ कम्पनीले उत्पादन गरेको खोप प्रयोगमा ल्याइसकेका छन् ।
चिनियाँ कम्पनीको यो खोप १८ बिषेश गरी वर्षभन्दा माथिका उमेर समूहलाई बढी प्रभावकारी हुने देखिएको पनि डब्ल्यूएचओले जनाएको छ ।

प्रतिक्रिया