ओलिलाई विश्वासको मत नदिने पक्षमा ‘जसपा’ भित्रका महतो पनि थपिए
अखबार टुडे
प्रकाशित:
२०७८, २४ बैशाख

काठमाडौं, २४ बैशाख । संसदको अंकगणितमा निर्णायक देखिएको जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरको पक्षमा रहेका नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने पक्षमा उभिएको छ ।
पार्टीले राखेका माग पूरा गरेमा सरकारलाई समर्थन दिने पक्षमा उभिँदै आएका महतोले सरकारले सबै माग पूरा नगरेको भन्दै विश्वासको मत दिन नसकिने बताएको हो ।
जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई भने पहिलेदेखि नै सरकारको विपक्षमा छन् । महतो पनि सोही पक्षमा उभिने भएपछि अध्यक्ष ठाकुर अल्पमतमा पर्ने देखिएको छ ।
जसपाले संस्थागत रुपमा मत नदिएमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत पु¥याउन कठिन हुने देखिन्छ ।

प्रतिक्रिया