कामीरिता शेर्पा, जसले २५औँ पटक सगरमाथाको चुचुरोमा पाइला राखे
अखबार टुडे
प्रकाशित:
२०७८, २४ बैशाख

काठमाडौं, २४ बैशाख । आरोही कामीरिता शेर्पाले शुक्रबार साँझ २५औँ पटक सगरमाथा चुचुरोमा पाइला राखेका छन् ।

काठमाडौंस्थित सेभन समिट ट्रेक्सका अनुसार उनी यस सिजनका लागि डोरीको सहायताले बाटो बनाउने टोलीको नेतृत्व गर्दै साँझ ६ बजे चुचुरोमा पुगेका हुन् । उनीसहित १२ जना शेर्पा बिहीबार साँझ ६ बजे चौथो शिविरबाट हिँडेका थिए ।

ट्रेक्सका अनुसार कामीरितासहितको टोलीमा ६ जना संखुवासभाका र ६ जना सोलुखुम्बुका शेर्पा आरोही छन् । उनीहरु तीन दिनअघि मंगलबार आधार शिविरबाट हिँडेको बताइएको छ । सेभन समिटले यो टोली आज चौथो शिविरमा फर्किसक्ने जनाएको छ ।

यस सिजनमा सगरमाथा आरोहणका लागिमात्रै पर्यटन विभागले ४४ वटा आरोहण दललाई अनुमति दिएको छ । जसमा ९२ महिला र ३ सय १५ पुरुष छन् ।

प्रतिक्रिया