‘भारतबाट अष्ट्रेलिया फर्कनेलाई ५ बर्ष जेल सजाय’ भन्ने निर्णयबाट पछि हटे स्कट मोरिसन
अखबार टुडे
प्रकाशित:
२०७८, २४ बैशाख

अष्ट्रेलिया, २४ बैशाख (एजेन्सी) । अष्ट्रेलियाले भारतमा फसेका आफ्ना नागरिकलाई फिर्ता गर्नका लागि १५ मेदेखि फ्लाइटको सुरुवात गर्ने जानकारी दिएको छ ।
शुक्रबार अष्ट्रेलियाली सरकारले भारतमा फसेका ९ सय असुरक्षित मानिसहरुलाई फिर्ता गर्नका लागि मेको मध्यमा तीन फ्लाइट चलाउने घोषणा गरेको छ ।
यस अघि अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनल कोरोनाको दोस्रो लहरको मार झेलिरहेको भारतमा फसेका आफ्ना नागरिकलाई स्वदेश फिर्ता हुनबाट प्रतिबन्ध लगाएको थियो ।
उनले निर्णयलाई बेवाशता वा जबर्जस्ती गरेको खण्डमा ५ बर्ष जेल सजाय वा ६६ हजार डलर जरिवाना वा दुवै सजाय हुन सक्ने सम्भावना रहेको बताएको थियो ।
त्यसपछि यस्तो सजायको कुरा गरेका कारण उनको व्यापक आलोचनो भएपछि यो हप्ताको सुरुवातमा मरिसनले जेल पठाउने सम्भावना निकै कम भएको बताएका थिए ।

प्रतिक्रिया