राष्ट्रियसभाको उपनिर्वाचनका तीन उम्मेदवार के भन्छन् ?
अखबार टुडे
प्रकाशित:
२०७८, २४ बैशाख

हेटौंडा । आउँदो ६ जेठमा हुने राष्ट्रियसभाको उपनिर्वाचनमा तनि जनाले उम्मेदवारी दिएका छन् । तीनै जना उम्मेदवारको भनाइ आ–आफ्नै छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा गृहमन्त्री रामबहादुर थापाले संविधानको दिगो सम्वद्र्धन तथा आर्थिक समृद्धिका लागि पार्टीको निर्देशनबमोजिम आफूले राष्ट्रियसभाको रिक्त सदस्य पदमा उम्मेदवारी दर्ता गराएको बताएका छन् ।

आफ्नो उम्मेदवारी दर्ता गराएर काठमाडौँ फर्कने क्रममा शुक्रबारस्थानीय सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीमा उले एमालेको संगठनलाई अनुशासित र मर्यादित तुल्याउँदै कार्यकर्ताले नेतामुखी नभई जनतामुखी हुनुपर्ने धारणा व्यक्त गरे ।

त्यस्तै, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा नेपाल पक्षलगायत पार्टीका साझा उम्मेदवार डा. खिमलाल देवकोटाले देशको संविधानको मूल प्रवाहलाई ट्र्याकमा ल्याउने प्रयासका लागि आफूले उम्मेदवारी दर्ता गराएको बताए ।

उने प्रदेशको भूमिकालाई अझै जनमुखी, पारदर्शी र जिम्मेवार बनाउनु पर्नेमा जोड दिंदै जनताको बृहत् सहभागिताबाट ल्याइएको गणतान्त्रिक व्यवस्थालाई जीवन्त राख्न राजनीतिक दलहरुमा इमान्दारीको खाँचो औँल्याए ।

यस्तै अर्का उम्मेदवार नेपाल मजदूर किसान पार्टीका कृष्णबहादुर तामाङले पनि आफूलाई पार्टीले दिएको निर्देशनबमोजिम उम्मेदवारी दर्ता गरेको बताए । देशको संविधान, ऐन तथा कानूनलाई आत्मसात् गर्दै नेपाली जनताको हितमा सधैँ स्वार्थरहित भएर अगाडि बढ्ने उनले दृढता व्यक्त गरेका छन् ।

प्रतिक्रिया