सुनको मूल्य ११ सयले बढ्यो, चाँदीमा पनि तोलाको ३५ रुपैयाँले वृद्धि
अखबार टुडे
प्रकाशित:
२०७८, २४ बैशाख

काठमाडौं, २४ बैशाख । शुक्रबार सुनको मूल्यमा एकैदिन ११ सयले वृद्धि भएको छ ।
बिहीबार सुन तोलाको ९० हजार ६ सय कायम रहँदा शुत्रबार तोलामा ११ सयले बढे्र प्रतितोला ९१ हजार ७ सय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजावी सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी, आज चाँदीमा पनि तोलाको ३५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा किनबेच भइरहेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिए ।

प्रतिक्रिया