बाँकेमा थप चार संक्रमितको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, २४ बैशाख

बाँके, २४ बैशाख । बाँकेमा कोरोना सङ्क्रमणबाट बिहीबार थप चार जनाको उपचारको क्रममा मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई, कोहलपुरस्थित शिक्षण अस्पतालमा एक र एक जनाको उपचारपछि घर लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनए ।
उनका अनुसार, भेरी अस्पतालमा वैशाख १७ गते भर्ना हुनुभएका बैजनाथ गाउँपालिका–८ का ३७ वर्षीय पुरुषको बिहान १०.३० बजे र वैशाख २२ गते भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका–८ निवासी ५५ वर्षीया महिलाको दिउँसो १२ बजे भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी वैशाख २२ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना हुनुभएकी दाङ शान्तिनगर गाउँपालिका निवासी ७५ वर्षीया महिलाको बिहान ९ः१५ बजे मृत्यु भएको छ भने कोहलपुर नगरपालिका–१ निवासी ७३ वर्षीया महिलाको काठमाडौँबाट घर ल्याउने क्रममा बिहान ५ बजे बाटोमा मृत्यु भएको स्रोत व्यक्ति वलीले बताए । यससँगै बाँकेमा कोरोनाबाट १६० जनाको मृत्यु भएको छ । बाहिरबाट बाँकेमा उपचार गराउन आउँदा १२८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया