बम हमलामा परि मालदिभ्सका भूतपूर्व राष्ट्रपति घाइते
अखबार टुडे
प्रकाशित:
२०७८, २४ बैशाख

माले, २४ वैशाख । मालदिभ्सका भूतपूर्व राष्ट्रपति मोहम्मद नाशिद सन्दिग्ध राजधानी मालेमा भएको बम विष्फोटमा परि घाइते भएका छन् । बहालवाला सभामुखसमेत रहेका उनको एक अस्पतालमा उपचार भइरहेको छ ।
मालदिभ्सको प्रहरीले ट्वीटरमार्फत् यसको जानकारी दिएको छ । स्थानीय मिडियाका अनुसार विहीबार साँझ उनको घर बाहिर विष्फोट भएको थियो । उनी कारमा चढ्न लाग्दा विष्फोट भएको बताइएको छ ।
प्रारम्भिक विवरणहरूमा उनको घर बाहिर पार्किङ गरेर राखिएका मोटरसाइकलमा विष्फोटक पदार्थ विस्फोटक पदार्थहरू बाँधेर राखिएको र विष्फोट गराइएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको बीबीसीले जनाएको छ ।
उपचाररत विष्फोटमा परेका भूतपूर्व राष्ट्रपतिको धेरै ठाउँमा चोट लागेको बताइएको छ । तर उनको स्वास्थ्य अवस्था भने स्थीर रहेको जनाएको छ ।
मालदिभ्सका बहालवाला राष्ट्रपतिले घटनाको अनुसन्धान भइरहेको जनाएका छन् । विष्फोट उनैलाई लक्षित थियो कि थिएन भनेर आधिकारिक रुपमा पुष्टि हुन सकेको छैन । यद्यपि सत्तारुढ पार्टीका एक सांसदले उनलाई लक्षित गरेर बम विष्फोट गराइएको दाबी गरेको बीबीसीले जनाएको छ ।
नाशिद उपचाररत अस्पताल बाहिर उनका समर्थकहरुको भिड लागेको छ । विष्फोटपछि स्थिति तनावपूर्ण बनेकाले दंगा प्रहरीको तैनाथी बढाइएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।
मोहम्मद नाशिद मालदिभ्समा प्रजातान्त्रिक रुपमा निर्वाचित पहिलो राष्ट्रपति हुन् । सन् २००८ मा बहुदलीय निर्वाचनमा विजयी भएर उनी राष्ट्रपति बनेका थिए ।
धार्मिक कट्टरपन्थीहरुविरुद्ध कडा आलोचकका रुपमा चिनिने उनलाई राष्ट्रपति बनेको चार वर्षपछि सैनिक विद्रोहमार्फत् सत्ताच्युत गरिएको थियो ।

प्रतिक्रिया