लागुऔषध तस्कर र प्रहरीबीच भएको झडपमा एक वरिष्ठ प्रहरी अधिकारीसहित २५ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, २४ बैशाख

रियो दि जेनेरियो, २४ बैशाख (एजेन्सी) । ब्राजिलमा लागुऔषध तस्करको गिरोह र प्रहरीबीच भएको झडपमा वरिष्ठ प्रहरी अधिकारीसहित २५ जनाको ज्यान गएको छ ।
रियो दि जेनेरियोमा लागुऔषध तस्करको गिरोहले बालबालिकालाई पनि भर्ना गरेर तस्करीमा लगाउँदै गरेको सूचनापछि प्रहरीले अप्रेसन थालेको थियो ।
अप्रेसनको शिलशिलामा तस्करहरुले प्रहरीमाथि अत्याधुनिक हतियार चलाएका थिए ।
प्रहरीको गोली लागेर र घरको छतबाट हाम फाल्ने क्रममा २० जनाभन्दा धेरै तस्करको ज्यान गएको बीबीसीले जनाएको छ । घटनामा एक वरिष्ठ प्रहरी अधिकारीको पनि ज्यान गएको खबरमा उल्लेख छ ।
पक्राउ परेका केही व्यक्तिबाट अत्याधुनिक हतियार र महत्त्वपूर्ण सूचना प्राप्त भएको प्रहरीले जनाएको छ । दुई पक्षको गोली हानाहानको बीचमा दुई वटा मेट्रो रेल पनि फसेका थिए, तर यात्रु भने सुरक्षित रहेका छन् ।
रियो दि जेनेरियोमा लागुऔषध, मानव बेचविखन र हत्या हिंसा मच्चाउने ठूलो गिरोह बस्दै आएको खबरमा उल्लेख छ ।

प्रतिक्रिया