देउवा र नेपालबीच भेटवार्ता, ओलीलाई फेल गराउने रणनीतिमा
अखबार टुडे
प्रकाशित:
२०७८, २३ बैशाख

काठमाडौं, २३ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका नेता माधवकुमार नेपालबीचको साँझ भेटवार्ता भएको छ ।
देउवा निवास बूढानीलकण्ठमा भएको भेटमा बिशेषगरी उहाँहरुबीच बैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लागेको विश्वासको मत फेल गराउने रणनीति तयारीका बिषयमा छलफल भएको बताइएको छ । नेपालसँगै नेता भीम रावल पनि देउवा निवास पुगेका थिए ।
यसअघि देउवासँग प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेटवार्ता गरेका थिए ।
त्यसको भोलिपल्ट प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बिहिबार उनी त्यहाँ पुगेका हुन् ।

प्रतिक्रिया