विहिबार ९,०७० जनामा कोरना संक्रमण पुष्टि, ५४ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, २३ बैशाख

काठमाडौं, २३ बैशाख । विहिबार नेपालमा ९,०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसतै पछिल्लो २४ घण्टामा ५४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९०७० जनामा संक्रमण पुष्टि भएको हो । २७०७ जना भने निको भएका छन् ।
अहिले सम्म कूल संक्रमित संख्या ३ लाख ६८ हजार ५८० पुगेको छ भने ३,५२९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया