प्रतिनिधिसभाका चार सांसद र तिन कर्मचारीमा कोरना संक्रमण पुष्टि
प्रकाशित:
२०७८, २३ बैशाख

काठमाडौं, २३ बैशाख । प्रतिनिधिसभाका ४ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । यही वैशाख २७ गते तय गरिएको संसद बैठकको संघारमा बुधबार पीसीआर परीक्षण गरिएकामध्ये चार सांसद र दुई कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।
कोरोना पुष्टि भएकाहरूमा जनता समाजवादी पार्टी (जसपा)का तीन र कांग्रेसका एक सांसद छन् ।
संक्रमण देखिएका सांसदमा जसपाका लक्ष्मणलाल कर्ण, नरमाया ढकाल, रामबाबु यादव र कांग्रेसकी पार्वती डिसी चौधरी रहेको स्रोतले जनाएको छ ।
बुधबार १२८ सांसद, कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादापालकसमेत ६०९ जनाको पीसीआर परीक्षण गरिएकोमा अहिलेसम्म आएका रिपोर्टमध्ये ६ जनामा संक्रमण देखिएको सभामुखको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
एसइई परीक्षाको तयारी पूरा, यस्तो छ तालिका
अमेरिकाले सोध्यो- के राष्ट्रसंघीय सहायता निकायको कम्युनिस्टसँग सम्बन्ध छ ?
गाजामा इजरायलद्वारा हवाई आक्रमण, तीन पत्रकारसहित नौ जनाको मृत्यु
ट्रम्प प्रसाशनद्वारा रसियासहित यी ४३ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने तयारी
‘पूर्वविशिष्टलाई सुविधा थप्ने सरकारको कुनै तयारी छैन’