मालीकी एक महिलाले जन्माइन् एकै पटक ९ सन्तान
अखबार टुडे
प्रकाशित:
२०७८, २३ बैशाख

माली, २३ बैशाख (एजेन्सी) । अफ्रिकी देश मालीमा एक महिलाले एकै पटक नौ सन्तानलाई जन्म दिएकी छन् ।
पहिला डाक्टरले उनको गर्भमा सातवटा भ्रूण भएको बताएका थिए । तर उनले नौ सन्तान जन्माएकी बीबीसीले जनाएको छ । २५ वर्षकी हालिमा सिसेले पाँच छोरी र चार छोरा जन्मिएकी हुन् ।
उनीका पतिले आफू धेरै खुसी रहेको बताएका छन् । उनले भनेका छन् ः ‘मेरा श्रीमती र बच्चाहरू स्वस्थ छन्, यसमा म धेरै खुसी छु ।’
माली सरकारले उनको अवस्थाका कारण विशेष स्वास्थ्यसेवा आवश्यक पर्ने भन्दै मोरोक्को पठाएको थियो । पश्चिम अफ्रिकी राष्ट्रका डाक्टरले आमा र बालबच्चा बचाउन गाह्रो हुने बताएपछि माली सरकारले उनलाई मोरोक्को पुर्याएको थियो ।
दुई हप्ता मालीको राजधानी बामाकोमा रहेको अस्पतालमा बसेपछि उनलाई मार्च २० मा मोरोक्को लगिएको थियो । सिसे र उनका बालबच्चा केही हप्तापछि माली फर्किने अपेक्षा गरिएको छ ।
मोरोक्कोमा पाँच हप्ता अस्पताल बसेपछि मङ्गलवार शल्यक्रिया गरेर बच्चाहरू जन्माइएको थियो ।
सन् २००८ मा अमेरिकामा आठवटा बच्चा जन्माएकी एक महिलाको नाममा एकैपटक सबैभन्दा धेरै जीवित सन्तान जन्माउने विश्व कीर्तिमान कायम छ ।
विश्व कीर्तिमान राखेकी नाड्या सुलेमनका आठै बालबच्चा अहिले १२ वर्षका भए । ती कृत्रिम गर्भाधानबाट जन्मिएका थिए ।

प्रतिक्रिया