बाँकेमा थप १० संक्रमितको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, २३ बैशाख

काठमाडौं, २३ बैशाख । बाँकेमा कोरोनाभाइरस संक्रमणका कारण थप १० जनाको ज्यान गएको छ । बाँकेमा बुधबार राति र बिहीबार विहान गरी १० जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा ९ जना बाँकेका र एक जना जाजरकोटका छन् ।
बाँकेको नरैनापुर गाउँपालिका–१ बाँकेका ५६ वर्षीय पुरुषको विहीबार बिहान ७ बजे र नेपालगञ्ज उपमहानगरपालिका–१९ का ७७ वर्षीय पुरुषको विहीबार विहान साढे ४ बजे भेरी अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
नेपालगञ्ज १० का ७८ वर्षीय पुरुषको भेरी अस्पतालमा गएराति १ः४० बजे मृत्यु भएको हो । नेपालगञ्ज १० कै ७८ वर्षीया महिलाको बुधबार साँझ साढे ७ बजे मृत्यु भएको छ ।
बुधबार साँझ सवा ६ बजे बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१२ का ४५ वर्षीय पुरुषको, नेपालगञ्ज–१ का ५८ वर्षीय पुरुषको बुधबार राति १० बजे, नेपालगञ्ज–१० का २७ वर्षीय पुरुषको बुधबार राति २२ः२० बजे र नेपालगञ्ज उपमहानगरपालिका ४ बाँकेका ५५ वर्षीय पुरुषको बुधबार मध्यराति साढे १२ बजे भेरी अस्पतालमा मृत्यु भएको छ ।
यसैगरी भेरी नगरपालिका ४ जाजरकोटकी ४३ वर्षीया महिलाको बुधबार राति ९ बजे भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ । बाँके योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १२७ पुगेको सरकारी तथ्यांक छ ।

प्रतिक्रिया