नेपाल खबर

पशुपति आर्यघाटमा थप १० चित्ता निर्माण गरिँदै

काठमाडौं, २२ बैशाख । कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शवको चाप बढेपछि पशुपति क्षेत्र विकास कोषले थप १० वटा चिता निर्माण थालेको छ ।
बुधबारदेखि थप चिता निर्माण सुरु गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बागमती खोलाको किनारमा बनाउन लागिएको चिता ३ दिनभित्र सक्ने कोषले जनाएको छ ।
कोरोना संक्रमण रहुञ्जेलसम्मका लागि अस्थाई प्रकृतिको चिता थप गरिएको हो । केही दिन यता शव जलाउने मेसिनले नधानेपछि खोला किनारमा चिता थप गरेर दाह संस्कार सुरु गरिएको छ ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top