प्रतिपक्षले विश्वासको मत दिन मिल्दैन : देउवा
अखबार टुडे
प्रकाशित:
२०७८, २२ बैशाख

काठमाडौं, २२ बैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव अस्वीकार गरेको बताइएको छ ।

\बुधबार देउवा निवास बूढानीलकण्ठमा भएको छलफलमा ओलीले विश्वासको मत दिन देउवालाई आग्रह गरेकामा अस्वीकार गरेका हुन् ।
काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतका अनुसार देउवाले आफू प्रतिपक्ष भएकाले विश्वासको मत दिन नसक्ने बताएका थिए । यसअघि देउवा प्रधानमन्त्रीको विश्वासको मत विफल गर्ने बताएका थिए । त्यसका लागि नेकपा माओवादी केन्द्र, एमाले माधव पक्ष र जसपासँग छलफल गरेका थिए ।

ओली पक्षसँग सत्ता सहकार्यको पनि सम्भावना नभएको काँग्रेस सहमहामन्त्री महतले बताएका छन् । महतका अनुसार प्रधानमन्त्री ओलीले लोकतन्त्र र वर्तमान व्यवस्थाप्रति छु भने पनि सोही अनुसार व्यवहारमा पनि आउन काँग्रेस नेताहरुले सुझाएका थिए ।

प्रतिक्रिया