पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु, ८,६५९ जनामा संक्रमण पुष्टि
अखबार टुडे
प्रकाशित:
२०७८, २२ बैशाख

काठमाडौं, २२ बैशाख । बुधबार नेपालमा कोरोनाभाइरसका अहिलेसम्मकै सर्वाधिक मृतक र संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक ८,६५९ जनामा कोरना भाइरस पुष्टि भएको छ भने ५८ जनाको मृत्यु भएको छ ।
२० हजार ७५६ पीसीआर र ६१३ एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया