एक नेपाली अनुसन्धानकर्तालाई अमेरिकामा साढे ३ करोडको पुरस्कार
अखबार टुडे
प्रकाशित:
२०७८, २२ बैशाख

काठमाडौँ, २२ बैशाख । एक नेपाली अनुसन्धानकर्ताले अमेरिकाको प्रतिष्ठित नेशनल साइन्स फाउण्डेशन (एनएसएफ)अवार्ड पाएका छन् ।
भौतिकशास्त्री डा. इन्द्रदेव साहुले करिब ३ करोड ५० लाख रुपैया अर्थात २ लाख ९७ हजार अमेरिकी डलर राशिको अवार्ड पाएका हुन् ।
अमेरिकाको संघीय सरकार मातहतको अमेरिकी राष्ट्रिय विज्ञान प्रतिष्ठान ले यो अवार्ड साहुलाई अनुसन्धातवृत्तिका लागि दिएको हो ।
उनले पोटासियम च्यानल एसेसरी प्रोटिन (केसीएनई३)को संरचना र गतिशिलताको अध्ययनका लागि साहुले यो अनुदान पाएका हुन् ।
केसीएनई३ स्वास्थ्यसँग सम्बन्धित प्रोटिन रहेको साथै विशेष गरी यस अध्ययनले मुटु सम्बन्धीको गतिशिलता अध्ययनमा थप जानकारी पाइने साहुले बताए ।
यो अनुसन्धानवृत्ति उनले मार्चमा पाएका हुन् । उत्त पाएको अनुदान रकम विश्वविद्यालयभित्रै खर्च हुने साहुले बताए ।
सप्तरीको महदेवा गाउँपालिका–२ अकवरपुर घर भएका ४३ वर्षीय साहु अमेरिकाको केन्टकी राज्यस्थित क्याम्बेल्सविल विश्वविद्यालयमा बायोमेडिकल फिजिक्स सम्बन्धीको विषयमा अध्ययन, अनुसन्धान र अध्यायपन गराउँछन् । साथै साहु क्याम्बेल्सविल विश्वविद्यालयमा उपप्राध्यापकको रुपमा पनि कार्यरत छन् ।

प्रतिक्रिया