सरकारलाई दिएको समर्थन माओवादीद्वारा फिर्ता
अखबार टुडे
प्रकाशित:
२०७८, २२ बैशाख

काठमाडौं, २२ बैशाख । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा बुझाइएको हो ।
मंगलबार बसेको स्थायी कमिटी बैठकले गरेको निर्णयअनुसार आज समर्थन फिर्ता लिएको हो । गत पुष ५ गते संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीले निर्णयलगत्तै माओवादी केन्द्र सरकारबाट बाहिरिएको थियो । तर, सरकारलाई दिएको समर्थन फिर्ता लिए पुनः संसद विघटन हुने भएपछि माओवादीले समर्थन फिर्ता लिन सकेको थिएन ।
वैशाख २७ गते बस्ने संसदको विशेष अधिवेशनमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भएपछि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

प्रतिक्रिया