माओवादीले सरकारलाई समर्थन फिर्ता गरेको पत्र संसद सचिवालयमा आज बुझाउँदै
अखबार टुडे
प्रकाशित:
२०७८, २२ बैशाख

काठमाडौं, २ बैशाख । नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन फिर्ता लिएको पत्र आज संसद सचिवालयमा बुझाउँदै छ ।
हिजोे नेकपा माओवादी केन्द्रको बैठकले गरेको निर्णय अनुसार आज समर्थन नरहेको पत्र संसद सचिवालयमा बुझाउने तयारी भएको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।
नेताहरुको समय अनुकुल दिउँसो १२ बजेसम्म पत्र बुझाइसक्ने उनको भनाइ छ ।
मंगलबार बसेको माओवादीको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको थियो ।
संसद विघटनपछि पुनःस्थापना हुँदासमेत ओली नै प्रधानमन्त्री भइरहेकाले कानुनी प्रक्रिया पु¥याउन पत्र बुझाउन लागेको माओवादी केन्द्रले जनाएको छ ।

प्रतिक्रिया