शव बोकेको जिप दुर्घटना, ६ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, २१ बैशाख

कैलाली, २१ बैशाख । बैतडीको पञ्चेश्वरमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । चार जनाको घटनास्थलमै र दुई जनाको उपचार गर्न लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का ५० वर्षका खेमसिंह भण्डारीको मृत्यु भएसँगै घटनामा मृत्यु हुनेकोे संख्या ६ पुगेको हो । दुर्घटनामा गम्भीर घाइते जिप चालक दशरथ चन्द नगरपालिका–४ का ४५ वर्षका तेज बहादुर बोहरा, पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का ५० वर्षका जीतसिंह भण्डारी, डम्मरसिंह भण्डारी, हिम्मत भण्डारी र दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको हो ।
सोमबार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव पोस्टमार्टमका लागि ल्याउँदै गरेको से १ ज १२३ नम्बरको बोलेरो मंगलवार दिउँसो दुर्घटनामा परेको थियो ।

जिप सडकबाट करिब ५०० मिटर तल खसेको जनाइएको छ । साँघुरो घुम्तीमा मोड्नेक्रममा ब्याक गर्दा जिप दुर्घटनामा जिल्ला प्रहरीले जनाएको छ ।

प्रतिक्रिया