सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको निर्णय, ओली सरकार अल्पमतमा
अखबार टुडे
प्रकाशित:
२०७८, २१ बैशाख

काठमाण्डौं, २१ बैशाख । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको संगै ओली सरकार अल्पमतमा पर्ने भएको छ ।
मङ्गलवार बसेको स्थायी कमिटी बैठकले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको नेता गिरिराजमणि पोखरेलले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसदमा जाने भनेर प्रतिनिधि सभा अधिवेशन आह्वान गरिसकेपछि आज बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
समर्थन फिर्ताको पत्र भोलि संसद् सचिवालयमा बुझाउने पनि नेता पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया