भयावह बन्दै कोरोना, २४ घण्टामा ५५ कोरोना संक्रमितको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, २१ बैशाख

काठमाडौं, २१ बैशाख । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या उच्च विन्दुमा पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ५५ जना संक्रमितको मृत्यु भएसँगै मृत्युदर पनि बढेको हो ।
यस्तै, गत २४ घण्टामा मात्र सात हजार ६६० जना संक्रमित पुष्टि भएका छन् । यो संख्या हालसम्मको उच्च हो । योसँगै नेपालमा मृतकको संख्या ३ हजार ४ सय १७ पुगेको छ ।
१६ हजार १ सय ३१ जनाको पिसिआर र ५७१ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा सात हजार ६६० जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये हाल ५९ हजार ७९८ जना सक्रिय संक्रमित छन् ।
हाल २५३ जना संक्रमित क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा एक हजार ७७५ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया