काठमाडौंमा थपियो निषेधाज्ञा, पसल बिहान ९ बजे पश्चात खोल्न नपाउने
अखबार टुडे
प्रकाशित:
२०७८, २१ बैशाख

काठमाडौं, २१ बैशाख । काठमाडौं उपत्यकामा निषेधाज्ञाको समय थप कडाइका साथ एक साता लम्बिएकोे छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
यसअघि सरकारले नै २२ गतेबाट एक साता थप निषेधाज्ञा जारी गर्ने निणृय गरेको थियो ।
आजको बैठकले बिहान १० बजेबाट पसल खोल्ने समय घटाएर बिहान ९ बजे बन्द गराउने निर्णय गरेको छ । बेलुका पसल खोल्न नपाईने भएको छ ।
अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पनि रोक लगाउने निर्णय भएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार यसअघि जारी भएका सबै पास खारेज गर्ने निर्णय समेत भएको बताए ।
बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो २५ प्रतिशत कार्यालय खोल्न पाउने र त्यहाँ २० प्रतिशत कर्मचारीले मात्रै काम चलाउनुपर्ने निर्णय भएको छ । कवाडी संकलन लगायत ठेला गाडा समेत सञ्चालनमा पनि रोक लगाइएको उनले बताए ।

प्रतिक्रिया