आयो खुसीको खबर, श्रमिकको न्यूनतम पारिश्रमिक बढे् संगै मासिक कति पुग्यो ?
अखबार टुडे
प्रकाशित:
२०७८, २० बैशाख

काठमाडौं, २० बैशाख । श्रमिकको न्यूनतम पारिश्रमिक बढेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आगामी साउन १ गतेबाट लागू हुने गरी पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेकोे हो । यो संगै श्रमिकको मासिक पारिश्रमिक १५ हजार पुगेको छ ।
यसअघि श्रमिकको न्यूनतम पारश्रमिक १३४५० रुपैयाँ रहेको थियो । आधारभूत पारिश्रमिक ९३८५ मा ५६१५ रुपैयाँ महंगी भत्ता थप गरी १५ हजार पारिश्रमिक पु¥याइएको मन्त्रालयले जनाएको छ ।

अब नेपालमा श्रमिकले दैनिक ५७७ रुपैयाँ र प्रतिघण्टा ७७ रुपैयाँ आम्दानी गर्न सक्ने भएका छन् । यसअघि दैनिक ५१७ रुपैयाँ र प्रतिघण्टा ६९ रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया