टी–२० र एक दिवसीय वरियतामा नेपालको सुधार (हेर्नुहोस कति स्थानमा पुग्यो)
अखबार टुडे
प्रकाशित:
२०७८, २० बैशाख

काठमाडौं, २० बैशाख । नेपालले टी–२० क्रिकेटको अन्तराष्ट्रिय वरियतामा एक स्थान सुधार गरेको छ ।
अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सोमबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १३औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १४औँ स्थानमा रहेको थियो ।
टी–ट्वान्टीको नयाँ वरियताको पहिलो स्थानमा इङग्ल्यान्ड छ भने दोस्रोमा भारत तथा तेस्रो स्थानमा न्युजिल्यान्ड छ ।
यस्तै नेपालले एक दिवसीय वरियतामा समेत सुधार गरेको छ । एकदिवसीय वरियतामा नेपाल १६औँ स्थानमा छ । यसअघि नेपाल १७औँ स्थानमा रहेको थियो । एक दिवसीयको नयाँ वरियतामा न्युजिल्यान्ड शीर्ष स्थानमा छ भने अष्ट्रेलिया दोस्रो तथा भारत तेस्रो स्थानमा छ ।

प्रतिक्रिया