अक्सिजन अभाव हुँदा १२ जना कोरोना सङ्क्रमितको ज्यान गयो
प्रकाशित:
२०७८, २० बैशाख

कर्नाटक, २० बैशाख । भारतको कर्नाटक राज्यको एक अस्पतालमा अक्सिजनको अभाव हुँदा १२ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ ।
चामाराजानगर इन्टिच्युट अफ मेडिकल साइन्समा अक्सिजन अभाव हुँदा १२ जनाको ज्यान गएको समाचार संस्था एएनआईले जनाएको छ ।
इन्टिच्युटका महाप्रबन्धक सञ्जीवका अनुसार आइतवार राति १२ बजेदेखि २ बजेको बीचमा अक्सिजन सकिएको थियो । आफूहरूले बिरामीलाई बचाउने कोसिस गर्दा गर्दै पनि क्षति रोक्न नसकिएको डाक्टरले बताएका छन् ।
ज्यान गुमाउनेहरू सबैको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
अस्पतालले ६० किलोमिटर टाढा रहेको मैसुर सहरबाट अक्सिजन आपूर्ति गर्दै आएको थियो, हिजो अक्सिजन सिलिन्डर पु¥याउन केही ढिलाइ हुँदा १२ जनाको ज्यान गएको खबरमा उल्लेख छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
मिरुना भन्छिन्- अध्ययन र काम गर्ने शैलीमा कहीँकतै तालमेलको अभाव छ
मितेरी पुल बाढीले बगाएपछि कैलाश मानसरोवर जान समस्या
मौद्रिक नीति : नीतिगत दर घट्यो (पूर्णपाठ)
युवालाई प्रधानमन्त्रीको आग्रह- २० वर्ष पुगेपछि विवाह गरेर सन्तान उत्पादनमा लाग्नुस्
सुनचाँदी व्यवसायीद्वारा आन्दोलन स्थगित, आजदेखि पसल खुल्ने